'एक वर्षमा संविधान बने मेरो आत्मालाई शान्ति मिल्छ'
See more at: http://www.onlinekhabar.com/2014/02/165387/#sthash.DRGSvR5h.dpuf
काठमाडौं २८ माघ/ मन्त्रिपरिषद्का निवर्तमान अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिएका छन्
प्रधानन्यायाधीश रहेकै अवस्थामा गत चैत्रदेखि सरकारको नेतृत्व सम्हालेका रेग्मीले संविधानतः आफू अदालत जान सक्ने भए पनि ‘अन्तःस्करणको आवाज’ भन्दै उनले अदालत नर्फकने निर्णय गरेका हुन् ।
प्रधानन्यायाधीश रहेकै अवस्थामा गत चैत्रदेखि सरकारको नेतृत्व सम्हालेका रेग्मीले संविधानतः आफू अदालत जान सक्ने भए पनि ‘अन्तःस्करणको आवाज’ भन्दै उनले अदालत नर्फकने निर्णय गरेका हुन् ।
मन्त्रिपरिषद् अध्यक्षबाट औपचारिक रुपमा विदा लिनुअघि मंगलबार देशवासीलाई सम्बोधन गर्दै रेग्मीले संविधानले आफूलाई फेरि प्रधानन्यायाधीश बन्न बाधा नगरे पनि सर्वोच्च अदालत नर्फकने घोषणा गरेका हुन् ।
‘पुनः न्यायपालिकामा गरी काम गर्न संविधान, कानुन र कुनै पनि सिद्धान्तहरु अहिलेको अवस्थामा वाधक हुँदैन’ आफ्नो अन्तस्करणको स्पन्दनलाई सुन्दै उपयुक्त निर्णय लिएको भन्दै उनले भनेका छन्-’आफ्नो अन्तरआत्माको आवाजलाई सुन्दै मैले आजैको मितिबाट लागू हुने गरी सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदबाट राजीनामा दिएको छु ।’
पदीय लालसाले नभई देश र जनताप्रतिको समर्पण र त्यागको भावनाका साथ आफूले मन्त्रिपरिषद् अध्यक्षको जिम्मेवारी लिएको भन्दै उनले पुनः न्यायापालिकामा फर्की जाने भन्नेमा लाभ, हानी र दिनगन्तीको अङ्कगणितको आशक्ति भाव आफ्ना लागि अनाकर्षणको विषय बनेको बताए ।
मन्त्रिपरिषद्का निवर्तमान अध्यक्ष रेग्मीले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न पाउनु आफ्ना लागि जीवनमा सन्तोष र सुखद अनुभूति दिलाउने अविष्मरणीय क्षण भएको बताए । एक वर्षभित्र संविधान बनाउनु अहिलेको मुख्य चुनौती र दायित्व भएको भन्दै उनले भनेका छन्-’एक वर्षभित्र संविधान निर्माण भएमा मेरो आत्मालाई शान्ति मिल्नेछ र त्यही नै राष्ट्रले मलाई दिएको ठूलो पुरस्कार पनि हुनेछ ।’ न्यायपालिका र कार्यपालिकामा रहेर देश र जनताको सेवा गर्ने अवसर नियतिले आफूलाई दिएको भन्दै उनले भनेका छन्-’त्यो नै मेरा लागि पर्याप्त ठान्दछु र अत्यन्त सन्तुष्ट पनि छु ।’
मन्त्रिपरिषद्का निवर्तमान अध्यक्ष रेग्मीले आफ्नो नेतृत्वको सरकार असहज राजनीतिक प्रक्रियाबाट उत्पन्न भएको बाध्यात्मक परिस्थितिको उपज भएको बताएका छन् । प्रधानन्यायाधीशमै रहेर सरकार प्रमुख बनेकोमा आलोचना गर्नेहरुलाई रेग्मीले भनेका छन्-सामान्य अवस्थाका लागि प्रतिपादित र अपनाइएका सैद्धान्तिक मान्यताहरु असामान्य परिस्थितिमा स्वाभाविक ढङ्गबाट क्रियान्वित हुन नसक्ने भएकाले हरेक सैद्धान्तिक मान्यताहरुका अपवाद हुने गर्दछन् ।’ रेग्मीले आफ्नो नेतृत्वको सरकारले गरेका सबै निर्णयहरु देश र जनताको हितमा केन्दि्रत गरे भएको दावी गरेका छन् ।
भिडियो
- See more at: http://www.onlinekhabar.com/2014/02/165387/#sthash.DRGSvR5h.dpuf
No comments