Select Menu

ads2

ads2

Slider

Main News

Main News

Blog Archive

Widget#3

Widget#5

About

Main News

National News

World News

sports news

Gallery

Entertainment News

Latest Video

» » प्रधानमन्त्री कोइरालालाई एनआरएनको बधाई
«
Next
Newer Post
»
Previous
Older Post

 काठमाण्डौ २७ माघ, । नेपालको प्रधानमन्त्रीमा निर्वाचित नेपाली कांग्रेसका सभापति सुशील कोइराललाई गैरआवासीय नेपाली संघले हार्दिक बधाई दिंदै कार्यकाल सफलताका लागि शुभकामना ब्यक्त गरेको छ ।
गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले एक बिज्ञप्तिमार्फत् कोइरालालाई बधाई तथा शुभकामना दिनुभएको हो ।

बिज्ञप्तिमा घलेले भन्नुभएको छ –‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्रीको गरिमामय पदमा निर्वाचित हुनु भएकोमा म व्यक्तिगत तथा गैरआवासीय नेपाली संघको तर्फबाट हादिर्क बधाई ज्ञापन गर्दछु । सवै जाति, वर्ग, क्षेत्र र समुदायलाई समेटेर दलगत स्वार्थभन्दा माथि उठी लोकतान्त्रिक संविधान निर्माण गर्ने अत्यन्त चूनौतिपूर्ण तथा महत्वपूर्ण क्षणमा प्रधानमन्त्रीको गरिमामय पदमा यहाँ जस्तो नेपाली जनताको सेवा र राष्ट्रियताको सम्बद्र्धनमा जीवन अर्पर्ण गरेको व्यक्तित्व निर्वाचित हुनु भएकोले हामीलाई हर्षित तुल्याएकोछ । सहकार्य र एकताबाट मात्रै सर्वमान्य संविधान निर्माण हुने संघको धारणा रहेको छ ।’
बिज्ञप्तिमा घलेले थप्नुभएको छ –यहा“को कुशल नेतृत्वमा देश विदेशमा रहेका सबै नेपालीहरुका लोकतान्त्रिक, शान्त, समतामूलक र समृद्ध नेपाल बनाउने साझा सपना साकार हुनेछ भन्ने हामीले विश्वास लिएका छौं । यहा“को कार्यकालमा मुलुकले एक बर्षभित्र संविधान निर्माण प्रकृया सम्पन्न गरी राजनीतिक स्थायित्वको प्रकृया शूरु होस् भनी शुभकामना ब्यक्त गर्दछौं । अब बन्ने संबिधानले गैरआवासीय नेपालीहरुले उठाउ“दै आएका नेपाली नागरिकताको निरन्तरतालाई संवोधन गर्ने हामीले विश्वास लिएका छौं ।
गैरआवासीय नेपाली संघले विश्वभरी छरिएर रहेका नेपालीहरुलाई एकिकृत गर्दै नेपालको सामाजिक र आर्थिक रुपान्तरणमा आङ्खनो भूमिकाको खोजिगर्न उत्प्रेरित गर्दै आएको उल्लेख गर्दै घलेले यस कार्यमा प्रधानमन्त्रीज्यूको मार्गदर्शनको  अपेक्षा गरेको बताउनुभएको छ । मुलुकको समुन्नती र आत्मसम्मान बढाउने कार्यमा सबै गैरआवासीय नेपालीहरुबाट र विशेष गरी संघको तर्फबाट यहाँलाई पूर्ण सहयोग हुने विश्वास समेत व्यक्त गर्न चाहन्छौं ।– उहाँले भन्नुभएको छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply