बाँके २८ माघ फत्तेपुर . फत्तेपुर ७ निबुवाटारकी ८२ वर्षीया अमृता घर्तीमगर घरनजिकै सञ्चालन हुने अनौपचारिक शिक्षाको कक्षामा बेलुका ६ देखि ८ बजेसम्म पढ्न जान्छिन्। अमृताका पनाति पनातिनासमेत भइसकेका छन् । नपढेकोले लाटोजस्तो भएकाले यो उमेरमा पढ्न थालेको बताउँछिन् उनी । उनले पढ्नका लागि कापी, किताब, पेन्सिल र इलेजरसमेत पाइसकेकी छन् । “कालले साथ दिएसम्म पढ्छु, अमृताले भनिन्,” पढेर जान्ने नभसम्म नमरे हुन्थ्यो ।” उनलाई आफनो नाम आफैं लेख्ने चाहना छ । उनले भनिन्, “वृद्धभत्ता लिन जाँदा आफै नाम लेखेर लिने चाहना छ ।” अहिलेसम्म उनी वृद्धभत्ता लिन जाँदा उनले औंठा छाप लगाउँछिन् । फत्तेपुर सरीकी ८० वर्षीया गोदौली थारु पनि गाउँमा सञ्चालन भएको औपचारिक शिक्षाको कक्षामा पढिरहेकी छन् । नेपाली भाषा नजान्ने गोदौलीलाई भने आफनै थारु भाषामा पढाएको भए राम्रो हुन्थ्यो भन्ने लाग्छ । गोदौलीको गाउँमा अधिकांश थारु समुदायको बसोबास छ । उनले भनिन्, “थारु भाषामा पढाइदिए हुन्थ्यो । पढ्न त मन छ तर नेपाली भाषा जान्दिनँ ।” १८ वर्षीया दिलकुमारी विक छोरी भएकै कारण आफूले पढ्न नपाएको बताउँछिन्। “बुबाआमाले छोरी पढाएनन ्। सानैमा विवाह भयो”, दिलकुमारीले भनिन्, “अहिले गाउँमा प्रौढ शिक्षा आएपछि पढ्न थालेकी छु ।” महिलामात्र होइन ६४ वर्षीय आउनु थारुसमेत अनौपचारिक शिक्षामा पढिरहेका छन् । आउनुले भने, “पुरुषलाई छुट्टै पढाइदिए हुन्थ्योजस्तो लाग्छ।” अनौपराचिक शिक्षाका स्वयंसेविका हरिकला पराजुलीले सहभागीको सहमतिमा पढाउने गरेको बताइन् । हरिकलाले भनिन्, “सहभागी जुन भाषामा भन्छन्, त्यसमै पढाउँछौं ।” स्थानीय सरस्वती मावि पनेरियाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजबहादुर बूढाले वृद्धभत्ता, विधवाभत्ता पाउनदेखि सामुदायिक बनबाट दाउरा लिन जानसमेत साक्षर हुनुपर्ने व्यवस्था गर्न लागेको बताए । बाँके जिल्लाकै सबैभन्दा बढी निरक्षर रहेको फत्तेपुर गाविसमा अहिले एक सय ४९ वटा अनौपचारिक कक्षा सञ्चालन भइरहेका छन् । फत्तेपुरमा मात्रै चार हजार दुई सय निरक्षर छन् । जिल्ला शिक्षा कार्यालयमार्फत फत्तेपुर सामुदायिक अध्ययन केन्द्रमा अनौपचारिक कक्षा सञ्चालन भइरहेको छ । हालै जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनालले फत्तेपुरबाटै अनौपचारिक कक्षाको शुभारम्भ गरेका थिए । जिशिअ खनालले पढ्न उमेरले छेक्दैन भन्ने उदाहरण ८२ वर्षीया अमृता घर्ती र गोदौली थारु ले प्रस्तुत गरेको बताए । उनले दुई वर्षभित्र कोही निरक्षर रहनु हँुदैन भनेर अभियान सञ्चालन गरिएको बताए। चालू आर्थिक वर्षमा जिल्ला शिक्षा कार्यालयले २८ हजारलाई साक्षर बनाउने योजना बनाएको छ । शिक्षा कार्यालयको अनौपचारिक शाखाका प्रमुख एवं विद्यालय निरीक्षक उद्धवप्रसाद श्रेष्ठले तीन महिनासम्म साताको ६ दिन दुई घन्टा कक्षा सञ्चालन गर्नुपर्ने बताए । अन्नपूणै पोष्टमा समेत छापिएको समाचार हो ।
Slider
Main News
Main News
Blog Archive
Widget#3
Widget#5
About
Main News
National News
‹
›
World News
sports news
Gallery
Entertainment News
Tagged with: Main News National News
About Unknown
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
No comments