Select Menu

ads2

ads2

Slider

Main News

Main News

Blog Archive

Widget#3

Widget#5

About

Main News

National News

World News

sports news

Gallery

Entertainment News

Latest Video

» » » » चार दलका नेतालाई जोगी भएर हिँड्न वैद्यको सल्लाह
«
Next
Newer Post
»
Previous
Older Post

राष्ट्रपति विदेशीसँग झुके, रेग्मी सरकार कठपुतली'
७ असोज, काठमाडौं । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरणले राष्ट्रपति पनि वैदेशिक हस्तक्षेप सामू झुकेको आरोप लगाउनुभएको छ । वैद्यले रेग्मी सरकारलाई कठपुतलीको संज्ञा दिनुभएको छ भने कर्मचारीलाई सरकारको नेतृत्व सुम्पने चार दलका नेतालाई राजनीतिक गर्न छाडेर जोगी भई कमण्डलु बोकेर हिँड्न सुझाव दिनुभएको छ ।
mohan-baidhya
चुनावी प्रक्रियाको विरोधमा रहेका ३३ दलले सोमबार राजधानीको खुलामञ्चमा गरेको विरोध सभामा बैद्यले पछिल्लो समय राष्ट्रपतिले विदेशीको निर्देशन मानेको आरोप लगाउनु भयो । ‘संवैधानिक संयन्त्रको रुपमा रहेका राष्ट्रपतिमाथि हामीलाई थोरै भए पनि विश्वास थियो । मैले सकेसम्म सहमतिको प्रयास गर्छु भनेरहामीलाई आश्वासन पनि दिनुभएको थियो’ वैद्यले भन्नुभयो-’तर, उहाँ पनि बग्नु भो, विस्तारवादका सामू झुक्नु भो ।’
केही हजार कार्यकर्तामाझ सभालाई सम्बोधन गरेका माओवादी नेता वैद्यले आफूहरुले चुनावमा जान चाहेको तर, वैदेशिक हस्तक्षेपका कारण सहमति हुन नसकेको बताउनुभयो । गोलमेच सम्मेलनमा जाने सहमति भए पनि विदेशीको निर्देशनमा दलहरु पछाडि हटेको दाबी गर्दै उहाँले भन्नुभयो- ‘पूरै निर्देशन आयो । गोलमेच सम्मेलनमा जाँदैनौं भनेपछि सब चिज बिगि्रयो ।’
रेग्मी सरकार कठपुतली
खिलराज रेग्मी सरकारलाई कठपुतलीको संज्ञा दिँदै बैद्यले चार दल र सरकार विदेशीको इशारामा चलेको आरोप लगाउनुभयो । वार्ताका क्रममा एमाओवादी र कांग्रेसका नेताहरुबाट समेत षड्यन्त्र भएको वैद्यले आफ्ना कार्यकर्तालाई सुनाउनुभयो । कांग्रेसका केही नेताले वैद्य माओवादी चुनावमा आए एमाओवादीसँग तालमेल गरेर जाने र कांग्रेस एमालेलाई हराउने भ्रम छरेको तथा एमाओवादीले ३३ दल चुनावमा आए आफू हार्ने र बहिस्कारमा जाँदा जित्ने देखेको उहाँको आरोप थियो ।
एमाओवादीप्रति आक्रमक रुपमा प्रस्तुत हुनुभएका वैद्यले भन्नुभयो-’यिनीहरुलाई हतियारबन्द लडाइँका लागि तयारी समय चाहिएको छ र संघर्षमा जान्छन् भनेर एमाओवादीबाट दुष्प्रचार गरियो ।’ अधिकांश समय बैदेशिक हस्तक्षेप भएको बताउँदै वैद्यले एकपटक मात्रै ‘दिल्ली’ शब्द उच्चारण गर्नुभएको थियो ।
माओवादी अध्यक्ष वैद्यले आफूहरुको बहिस्कार आन्दोलन ३०/३५ प्रतिशत सफल भएको दाबी गर्नुभयो । ‘बहिस्कार आन्दोलन गाउँगाउँ पुगेको छ तर, चुनाव प्रचारको आन्दोलन पुगेको छैन’ उहाँले भन्नुभयो-’१० वर्ष आधार इलाका बनाएर बसेका हौं, हेरौं त कसरी गाउँ जाँदा रहेछन् । हामी चुनौती दिन चाहन्छौं ।’
baidhaya-2
कार्यक्रममा सामना परिवारले प्रस्तुत गरेको गीत ‘गाउँबाट लेखेटौं, शहरबाटै लखेटौं’ बोललाई उद्धृत गर्दै वैद्यले कुनै हालतमा चुनाव हुन नदिने बताउनुभयो । सरकार र दलहरुले डराएर सेना परिचालन गर्न लागेको भन्दै उहाँले भन्नुभयो-’हाम्रो लडाइँ दलालहरुविरुद्ध हो । हामी सेना र प्रहरीसँग लड्न चाहन्नौं । सेना प्रहरी वैदेशिक हस्तक्षेप विरुद्ध चार दलको सिण्डिकेटविरुद्ध लड्नुपर्छ ।’
३३ दलको पहिलो विकल्प बहिस्कार आन्दोलन भएको भन्दै वैद्यले वार्ताको ढोका पनि खुला राख्ने बताउनुभयो । ‘एउटा हातमा बहिस्कारको आन्दोलन लिन्छौं, अर्को हातमा वार्ताको ढोका खुला राखेका छौं’ बैद्यले भन्नुभयो-’तर चार दलीय सिण्डिकेटले गर्दै गएका गल्तीहरुमा सहीछाप लगाएर हिँड्दैनौं ।’
कमण्डलु बोकेर हिँड्न सुझाव
चुनाव गर्न नसक्ने, एक जना सरकारी कर्मचारीलाई प्रधानमन्त्री बनिदिनु पर्‍यो भन्दै विन्ती हाल्ने चार दलको औचित्य सकिएको वैद्यले बताउनुभयो । उहाँले भन्नुभयो- ‘जसले चुनाव गर्न सक्दैन, उनीहरुले आफैं अस्तित्व समाप्त पारेका छन् । जोगी भएर कमण्डलु भिरेर हिँडे हुन्छ । किन राजनीति गर्नुहुन्छ ?’
नेपाललाई सिक्किमीकरण गर्न खोजेको भन्दै उहाँले चार दलका नेताहरुलाई नेपाली लेण्डुपदोर्जेको संज्ञा दिनुभयो । आफूहरु अग्रगामी शक्ति भएको भन्दै वैद्यले अरुलाई पश्चगामी भन्दै अग्रगामी र पश्चगामीहरुको बीचमा भिषण राजनीतिक संघर्ष चलिरहेको बताउनुभयो ।
baidya-1
सम्बोधनका क्रममा आफूहरु चुनावमा जान चाहेको तर, विदेशीले नदिएको तर, अझै वार्ताको ढोका खुला राख्ने बताएका वैद्यले सम्बोधनको अन्त्यतिर अब संविधानसभाको औचित्य सकिएको बताउनुभयो ।
सम्बोधनको सरुमा उहाँले आफूहरुलाई वाइपास गरेर चुनाव हुन नसक्ने र गरिहाले बन्ने संविधानमा आगो लगाउने उहाँको धम्की दिनुभएको थियो । तर, अन्त्यतिर वैद्यले भन्नुभयो- ‘अब संविधानसभाको मिथिमिति पुग्यो । सडक संघर्षबाटै जनताको संविधान बनाउँछौं ।’
चारपटक पानी पिएर झण्डै आधा घण्टा वैद्यले भाषण गर्दा मञ्च अगाडि रहेका समर्थकले मुस्किलले ३/४ पटक ताली पड्काएका थिए । कार्यक्रम स्थालमा ३३ दलीय मोर्चाका झण्डा निकै देखिए पनि कार्यकर्ता भने कम थिए । कार्यक्रमस्थलमा राखिएका कुर्सीहरु समेत खाली थिए । मञ्चमा नेताहरु भने भरिभराऊ थिए ।
- See more at: http://www.onlinekhabar.com/2013/09/118681/#sthash.aFNDcgk2.dpuf

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply