Select Menu

ads2

ads2

Slider

Main News

Main News

Blog Archive

Widget#3

Widget#5

About

Main News

National News

World News

sports news

Gallery

Entertainment News

Latest Video

काठमाडौ, २८ माघ/ ताइपेईमा हुने डब्लूटीएफ तेक्वान्दो छनोटमा सहभागिता जनाउने चार खेलाडी सोमबार छानिएका छन् । नेपाल तेक्वान्दो संघले दुई पुरुष र दुई महिला खेलाडी छनोट गरेको हो ।  
ताइपेईमा मार्च २० देखि २१ तारिखसम्म हुने छनोटमा पुरुषमा अमित शाही र विकास राई तथा महिलामा रेश्मा थापा र काजोल श्रेष्ठलेे सहभागिता जनाउनेछन् । ताइपेईकै प्रतियोगिताबाट चीनको नानजिङमा अगस्ट १६ देखि २८  तारिखसम्म हुने युथ ओलम्पिकका लागि खेलाडी छनोट गरिनेछ  ।
त्रिपुरेश्वरमा भएको छनोटमा पुरुषको ५५ केजीमुनि स्युचाटार तेक्वान्दो डोजाङका अमितले पहिलो खेलमा सञ्जय सुब्बालाई २२-० ले पराजित गरे । उनले अर्को खेलमा डेकर राईलाई १५-१३ ले हराए । एक मात्र प्रतिद्वन्द्वी पाएका  पर्साका विकास राईले रामवरण यादवको चुनौती २१-१० ले समाप्त पारे ।
महिलाको ४९ केजीमुनि छ्यासीकोट तेक्वान्दो डोजाङकी रेश्माले पहिलो खेलमा अस्मिता खड्कालाई ३१-१५ ले निराश पारिन् । त्यसपछि रेश्मा विनीता श्रेष्ठसँग भिडेकी थिइन् । विनीताले घाइते भएपछि खेल त्यागिन् । खेल त्याग्दा  रेश्मा र विनीता २८-२८ को बराबरी स्थितिमा थिए । रेश्मासँग खेल्नुअघि विनीताले पि्रयंका कमतडलाई ३१-१८ ले हराएकी थिइन् ।
कोटेश्वर तेक्वान्दो डोजाङकी काजोलले ४४ केजीमुनिको पहिलो खेलमा कञ्चन थापालाई ३४-८ ले हराइन् भने अर्कोमा सविना पुडासैनीलाई ३६-२० ले पाखा लगाइन् ।
छैटौं कोरियन एम्बासडर राष्ट्रिय तेक्वान्दोमा पहिलोदेखि तेस्रो हुने खेलाडीलाई छनोट प्रतियोगितामा समावेश गराइएको तेक्वान्दो संघले जनाएको छ । छनोटमा ५ पुरुष र ७ महिला गरी १२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
Source: http://ekantipur.com/np/2070/10/28/full-story/383980.html#sthash.4doJRPGn.dpuf
एजेन्सी—२८ माघ/ पाकिस्तानको पेसावर शहरको सिनेमाघरमा भएको बम विस्फोटमा ८ जनाको मृत्यु भएको छ ।
विस्फोटको जिम्मा अहिले सम्म कसैले नलिएको अधिकारीहरुले बताएका छन् ।

तर यस अघिदेखिनै  विद्रोहीले  सिनेमाको विजनेस बन्दगर्न धम्की दिदै आएको सिनेमाघरका मालिकले बताएका छन् । गत हप्ता मात्र एउटा सिनेमा घरमै भएको आक्रमणमा परि ५ जनाको मृत्यु भएको थियो ।
काठमाडौं २८ माघ/ नवनिर्वाचित प्रधानमन्त्री सुशील कोइरालाले आज पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विषेश कार्यक्रमका बीच कोइरालाले राष्ट्रपति डा.रामवरण यादवबाट सपथ लिनुभएको हो ।
प्रधानमन्त्री कोइरालाको सपथ ग्रहण समारोहमा उपराष्ट्रपति परमानन्द झा, मन्त्रीपरिषदका निवर्तमान अध्यक्ष खिलराज रेग्मी, प्रधानन्यायाधीश दामोदर शर्मा, पूर्व प्रधानमन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेताहरु, उच्चपदस्थ सरकारी कर्मचारी, कुटनीतिक नियोगका अधिकारी तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । यसैबीच, कोइरालाले डा.रामशरण महतलाई मन्त्री पदको शपथ पनि गराउनुभएको छ ।
-
हाम्रो बारेमा ::
आधुनिक समयमा सूचना र सञ्चार मानवजीवनका लागि अपरिहार्य भइसकेको यहाँहरूलाई अवगत नै छ । विश्वको कुना–काप्चामा छरिएर रहेका सम्पूर्ण मानव समुदायलाई सञ्चारको आवश्यकता दिनानुदिन बढ्दै logoगइरहेको यथार्थ छर्लंगै छ । अबको युगमा मानिस सूचना र प्रविधिभन्दा टाढा रहेर सहज जीवन बाँच्ने कल्पनसम्म पनि गर्न सकिँदैन । अहिलेको समयमा सूचना प्रविधिविनाको मानिस कल्पनै गर्न सकिँदैन । यसैलाई मध्यनजर गर्दै हामीले नेपाल–कतार खबर (एनक्युखबर डटकम) सञ्चालन गर्ने जमर्को गरेका छौँ ।
स्वच्छ, निष्पक्ष, ताजा समाचार, मनोरञ्जन, साहित्य, खेलजगत्, अर्थ अनि जीवन र जगतका विभिन्न पाटा उजागर गर्ने खालका समाचार र लेखका साथै राजनीतिक, आर्थिक, सामाजिक, संस्कृतिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचारहरू संसारभरि छरिएर रहेका नेपालीमाझ पुर्याथउने हेतुले नेपाल–कतार खबर डटकम (एनक्युखबर)को स्थापना भएको हो । हामी यो आभास गराउन चाहन्छौँ कि सूचना र सञ्चारको दुनियाँमा यो मात्र हाम्रो एउटा कोसिस हो । हामीलाई पूर्ण आशा र विश्वास छ कि तपाईंहरूको माया, सद्भाव र सहयोगले हामी यो सञ्चारको दुनियाँमा दिन प्रतिदिन अघि बढ्नेछौँ तथा लक्ष्य भेट गर्नेछौँ । साथै हामी यो प्रतिबद्धता पनि व्यक्त गर्दछौँ कि हामी हाम्रा समस्त पाठकको सुझाब, सल्लाह र प्रतिक्रियाअनुरूप दिनानुदिन अघि बढ्ने प्रयास गर्नेछौँ ।
हामीले यस अनलाइनलाई कतारबाट सञ्चालन गरेका हौँ यद्यपि कतारबाट सञ्चालन गरे पनि सकेसम्म विश्वभर छरिएका नेपाली समुदायलाई र विश्वका ताजा गतिविधिसँगै विविध विधा समेट्ने प्रयास हामीले गरेका छौँ । यो वास्तवमा कतारको मात्र खबर नभएर सम्पूर्ण देश अनि विश्वकै खबरको संगालो हो भन्न चाहन्छौँ र बनाउन चाहन्छौँ । विश्वव्यापी सूचना र सञ्चारको युगमा यो हाम्रो एउटा सामान्य प्रयास मात्र हो । हाम्रो प्रयासमा यहाँहरूको सद्भाव अनि सहयोगको अपेक्षा गर्दर्छौं । हामीलाई तपाईंले लेख, रचनाहरू, समाचार तथा सल्लाह, सुझाबका लागि निम्न ठेगानामा इमेल गरी सम्पर्क गर्नसक्नुहुन्छ । कृपया हामीलाई पठाउने लेख, रचना सकभर अरू सञ्चारमाध्यममा प्रकाशन नभएका हुनुपर्छ । जसलाई हामी सहर्ष स्वीकार गर्नेछौँ । धन्यवाद !
नेपाल–कतार खबर डटकम (एन्क्युखबर) परिवार इमेल :
TO: (Bhola Thapa ) - bholathapa7@gmail.com, (SOM GURUNG)- editornqkhabar@gmail.com
CC: krishana Parajuli ( parajuli_krishna008@yahoo.com)
 हामीलाई फेस बुकमा पनि भेट्न सक्नु हुने छ यस लिंकमा जानुहोला

 Facebook   

{You can send news, photos, information and suggestions at  bholathapa7@gmail.com}
 ----हामीलाइ समाचार, फोटो पठाउन चाहनुहुन्छ भने वा कार्यक्रम अथवा कुनै घटना सम्बन्धि जानकारी गराउन चाहनुहुन्छ भने वा सल्लाह सुझाव दिन चाहनुहुन्छ भने bholathapa7@gmail.com मा इमेल पनि गर्न सक्नुहुनेछ । 


Team at Nqkhabar Dot Com

MANAGEMANT TEAM
TIRTHA SANGAM RAI -SENIOR ADVISER
KARIM BUX MIYA -ADVISER 
BHOLA THAPA CHHETRI- MD

GANESH BANIYA- GM
Email-editornqkhabar.com
RAMESH SITAULA- EDITOR
Email-editornqkhabar.com 
RAJESHWOR DHAKAL-SENIOR REPORTER
SOM GURUNG-SUB EDITOR-SPORTS NEWS
SHAMBHU REGMI- SUB EDITOR-NEPAL NEWS

जिल्ला प्रतिनिधिहरु
राजेन्द्र श्रेष्ठ : ताप्लेजुङ्ग,  सन्तोष रुचाल : धनकुटा, सुकदेव चौधरी : सुनसरी
कृष्ण आचार्य चितवन,कपिल ज्ञवाली बुटवल,सुवास लामिछाने चितवन
Country representative
Loken Chand-Dubai
Bijaya Thapa -USA
 विषेश सहयोगी
-दिपक पुडासैनी
-गणेश प्रसाद बन्जाडे
-मो.अजिज अलि
बाँके २८ माघ फत्तेपुर . फत्तेपुर ७ निबुवाटारकी ८२ वर्षीया अमृता घर्तीमगर घरनजिकै सञ्चालन हुने अनौपचारिक शिक्षाको कक्षामा बेलुका ६ देखि ८ बजेसम्म पढ्न जान्छिन्। अमृताका पनाति पनातिनासमेत भइसकेका छन् । नपढेकोले लाटोजस्तो भएकाले यो उमेरमा पढ्न थालेको बताउँछिन् उनी । उनले पढ्नका लागि कापी, किताब, पेन्सिल र इलेजरसमेत पाइसकेकी छन् ।  “कालले साथ दिएसम्म पढ्छु, अमृताले भनिन्,” पढेर जान्ने नभसम्म नमरे हुन्थ्यो ।” उनलाई आफनो नाम आफैं लेख्ने चाहना छ । उनले भनिन्, “वृद्धभत्ता लिन जाँदा आफै नाम लेखेर लिने चाहना छ ।” अहिलेसम्म उनी वृद्धभत्ता लिन जाँदा उनले औंठा छाप लगाउँछिन् । फत्तेपुर सरीकी ८० वर्षीया गोदौली थारु पनि गाउँमा सञ्चालन भएको औपचारिक शिक्षाको कक्षामा पढिरहेकी छन् । नेपाली भाषा नजान्ने गोदौलीलाई भने आफनै थारु भाषामा पढाएको भए राम्रो हुन्थ्यो भन्ने लाग्छ । गोदौलीको गाउँमा अधिकांश थारु समुदायको बसोबास छ । उनले भनिन्, “थारु भाषामा पढाइदिए हुन्थ्यो । पढ्न त मन छ तर नेपाली भाषा जान्दिनँ ।” १८ वर्षीया दिलकुमारी विक छोरी भएकै कारण आफूले पढ्न नपाएको बताउँछिन्। “बुबाआमाले छोरी पढाएनन ्। सानैमा विवाह भयो”, दिलकुमारीले भनिन्, “अहिले गाउँमा प्रौढ शिक्षा आएपछि पढ्न थालेकी छु ।” महिलामात्र होइन ६४ वर्षीय आउनु थारुसमेत अनौपचारिक शिक्षामा पढिरहेका छन् । आउनुले भने, “पुरुषलाई छुट्टै पढाइदिए हुन्थ्योजस्तो लाग्छ।” अनौपराचिक शिक्षाका स्वयंसेविका हरिकला पराजुलीले सहभागीको सहमतिमा पढाउने गरेको बताइन् । हरिकलाले भनिन्, “सहभागी जुन भाषामा भन्छन्, त्यसमै पढाउँछौं ।” स्थानीय सरस्वती मावि पनेरियाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजबहादुर बूढाले वृद्धभत्ता, विधवाभत्ता पाउनदेखि सामुदायिक बनबाट दाउरा लिन जानसमेत साक्षर हुनुपर्ने व्यवस्था गर्न लागेको बताए । बाँके जिल्लाकै सबैभन्दा बढी निरक्षर रहेको फत्तेपुर गाविसमा अहिले एक सय ४९ वटा अनौपचारिक कक्षा सञ्चालन भइरहेका छन् । फत्तेपुरमा मात्रै चार हजार दुई सय निरक्षर छन् । जिल्ला शिक्षा कार्यालयमार्फत फत्तेपुर सामुदायिक अध्ययन केन्द्रमा अनौपचारिक कक्षा सञ्चालन भइरहेको छ । हालै जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनालले फत्तेपुरबाटै अनौपचारिक कक्षाको शुभारम्भ गरेका थिए । जिशिअ खनालले पढ्न उमेरले छेक्दैन भन्ने उदाहरण ८२ वर्षीया अमृता घर्ती र गोदौली थारु ले प्रस्तुत गरेको बताए । उनले दुई वर्षभित्र कोही निरक्षर रहनु हँुदैन भनेर अभियान सञ्चालन गरिएको बताए। चालू आर्थिक वर्षमा जिल्ला शिक्षा कार्यालयले २८ हजारलाई साक्षर बनाउने योजना बनाएको छ । शिक्षा कार्यालयको अनौपचारिक शाखाका प्रमुख एवं विद्यालय निरीक्षक उद्धवप्रसाद श्रेष्ठले तीन महिनासम्म साताको ६ दिन दुई घन्टा कक्षा सञ्चालन गर्नुपर्ने बताए । अन्नपूणै पोष्टमा समेत छापिएको समाचार हो ।
-





बलिउड नायिका अनुष्का शर्माको ओठको बिषयलाई लिएर यतिबेला खुबै चर्चा चलिरहेको छ । अनुष्काको ओठमा केही परिवर्तन आएपछि विभिन्न खालका टिकाटिप्पणी पनि चलिरहेका छन् ।
अनुष्काले ओठको सर्जरी गराएको भन्दै संचारमाध्यम र सामाजिक संजालमा व्यापक चर्चा चलिरहेको छ । तर अनुष्काले यि सबै चर्चालाई विश्राम लगाउँदै आफूले ओठको सर्जरी नगरेको बताएकी छिन् ।
उनले आफू नयाँ चलचित्र ‘बम्बे वेलवेट’मा ७० को दशकको एक गायिकाको भूमिकामा देखिन लागेको जनाएकी छिन् । यही कुरालाई मध्य नजर राख्दै आफूले गेटअप पनि त्यस समयको बनाएको अनुष्काको तर्क छ ।
उनले मेकअपका कारण आफ्नो ओठ मोटो देखिएको समेत स्पष्ट पारेकी छिन् ।